Rule 16
मनोनीत सदस्यलाई हटाउने अवस्था
(१) देहायको अवस्थामा समितिका मनोनीत सदस्यलाई हटाउन सकिनेछः–
(क) निज विना सूचना लगातार तीनभन्दा बढी बैठकमा अनुपस्थित रहेमा,
(ख) निजले इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी पूरा नगरेमा,
(ग) निजमा कार्य क्षमताको अभाव भएमा,
(घ) निजले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गरेको पाइएमा,
(ङ) निज सूर्तिजन्य पदार्थको उत्पादन, निकासी, पैठारी र बिक्री वितरण सम्बन्धी क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको पाइएमा ।
(२) उपनियम (१) बमोजिम कुनै सदस्यलाई पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्न मनासिव मौका दिइनेछ ।